पुरुषले जन्माए बच्चा ! तपाईंलाई विश्वास लाग्छ ? « Khabarhub

पुरुषले जन्माए बच्चा ! तपाईंलाई विश्वास लाग्छ ?


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रकृतिको नियमअनुसार प्रजनन् क्षमता जुनसुकै प्राणीमा पोथीमा मात्रै हुन्छ । त्यस पनि मानव जातिको कुरा गर्ने हो भने महिलाले मात्रै बच्चा जन्माउन सक्छन् । तर सुन्दै अच्चम्म लाग्न सक्छ, अब भने पुरुषले पनि बच्चा जन्माउन सक्ने छन् ।

पत्याउनै नसकिने यो विषयलाई विज्ञानले सम्भव बनाएको हो । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् ।

अष्ट्रेलियामा यसरी २२ जना पुरुषले बच्चा जन्माएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ ।
यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग अन्नोन (थाहा नभएको) भनेर वर्गीकृत गरिएको थियो ।

लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् ।

विगतमा महिला भएपनि पुरुष लिंग भइसकेपछि फेरि बच्चा जन्माए भने त्यो साँच्चिकै पुरुष हुन नसक्ने उनीहरुको तर्क छ ।

तर मेलबर्न विश्वविद्यालयका एक प्रोफेसरले भने पुरुषत्वको धारणा हरेकका लागि बेग्लै अनुभूतिका रुपमा देखिन बताएका छन् ।
अमेरिकामा पनि यस्तै घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : १८ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.