कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश | Khabarhub Khabarhub

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस भएको हो ।

संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने प्रस्ताव रहेको छ । 

संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्नेसमेत सो प्रस्तावमा उल्लेख छ । 

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार ११ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ३ : ०३ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज