बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग « Khabarhub

बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई  २० लाख सहयोग गरका छन् । 

शर्माले आज हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै डा शर्माले राज्यले गर्नुपर्ने काम डा कोइरालाले आफैँ गर्न लागेको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताए । 

डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । 

कियोचले राजधानी काठमाडौँमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ४ : ४८ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार