सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु  « Khabarhub

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.2k
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ। 

शुक्रबार बिहान भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बाेकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। 

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा ३२ जना घाइते भएको पाइएको छ । त्यस्तै गम्भीर घाइते पाँच जनालाई अस्पताल लगिएको छ।

दुर्घटना परी मृत्यु भएका घाइतेहरूको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ५१ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका