भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा « Khabarhub

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

पहिलो चरणमा २१ राज्य र केन्द्र प्रशासित १०२ सीटमा आज मतदान


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

काठमाडौं – भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ । सात चरणमा हुने लोकसभा चुनाव आजदेखि सुरु भएको हो । पहिलो चरणमा नेपालसँग सीमा जोडिएका पाँचवटै राज्यहरु- सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसमेत २१ राज्यमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

पहिलो चरणमा २१ राज्यका केही मतदान केन्द्रहरु र केन्द्र शासित प्रदेशका समेत गरी १०२ सिटमा मतदान हुँदैछ । लोकसभाका कुल ५४३ सिटका लागि हुने निर्वाचन ८० दिनसम्म चल्ने छ ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय र मिजोरममा मतदान भइरहेको छ । आज पहिलो चरणमै नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगालमा पनि मतदान भइरहेको छ ।

केन्द्र शासित अण्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा पनि आजै मतदान भइरहेको छ ।

पहिलो चरणमा आज नरेन्द्र मोदीको मन्त्रिपरिषदका ८ मन्त्रीसहित तीनजना पूर्वमुख्यमन्त्री र एकजना पूर्वराज्यपाल समेत चुनावी मैदानमा उत्रेका छन् ।

नितिन गडकरी

केन्द्रीय सडक यातायात मन्त्री नितिन गडकरी महाराष्ट्रको नागपुर सिटबाट चुनाव लडिरहेका छन् । गडकरी यहाँबाट ह्याट्रिक गर्ने प्रयासमा छन् ।

केन्द्रीय पृथ्वी विज्ञान तथा खाद्य प्रशोधन उद्योग मन्त्री किरेन रिजिजु अरुणाचल पश्चिम सीटबाट चुनाव लड्दैछन् । सन् २००४ मा रिजिजु पहिलो पटक यहाँबाट विजयी भएका थिए । तर, २००९ को चुनावमा उनी पराजित भएका थिए । त्यसपछि सन् २०१४ र २०१९ मा जिते । यसपटक उनको सामना अरुणाचल प्रदेश कांग्रेसका पूर्वमुख्यमन्त्री तथा प्रदेश अध्यक्ष नबम टुकीसँग हुँदैछ ।

त्यसैगरी केन्द्रीय बन्दरगाह, जहाज र जलमार्ग, आयुष मन्त्री सर्वानन्द सोनेवाल असमको डिब्रुगढ लोकसभा सीटबाट उम्मेदवार बनेका छन् । यो सिटबाट भाजपाले पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेलीको टिकट रद्द गरेर सोनोवाललाई उम्मेदवार बनाएको हो ।

सोनेवाल हाल माथिल्लो सदन राज्यसभाका सदस्य एवं आसामका पूर्वमुख्यमन्त्री पनि हुन् । उनले २०१४ को चुनाव लखिमपुर सिटबाट जितेका थिए । सोनेवाल नरेन्द्र मोदीको पहिलो सरकारमा पनि मन्त्री भएका थिए ।

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा ९६.८ करोड मतदाताले भोट हाल्नेछन् ।

आज पहिलो चरणमै सबै सिटमा मतदान हुने राज्य –

  • तमिलनाडु- ३९ सीट ।
  • उत्तराखण्ड- ५ सिट ।
  • अरुणाचल प्रदेश- २ सीट
  • अण्डमान निकोबार टापू- १ सीट
  • लक्षद्वीप- १ सीट
  • मेघालय- २ सिट
  • मिजोरम- १ सीट
  • नागाल्याण्ड- १ सिट
  • पुडुचेरी- १ सीट
  • सिक्किम- १ सीट

ठूला राज्यमा आज हुने मतदान

  • उत्तर प्रदेश : ८ सिट – सहारनपुर, कैराना, मुजफ्फरनगर, बिजनौर, नगिना, मुरादाबाद, रामपुर र पिलीभीत ।
  • पश्चिम बंगाल : ३ सिट – कुचबिहार, अलीपुरद्वार र जलपाईगुडी ।
  • बिहार : ४ सिट – औरंगाबाद, गया, नवादा र जमुई।
  • जम्मू कश्मीर : १ सिट – उधमपुर ।
  • महाराष्ट्र : ५ सिट – रामटेक, नागपुर, भंडारा–गोन्डिया, गडचिरोली–चिमुर र चन्द्रपुर ।
  • मध्य प्रदेश : ६ सिट – सिधी, शहडोल, जबलपुर, मण्डला, बालाघाट र छिन्दवाड़ा ।
  • आसाम : ५ सिट – काजिरंगा, सोनितपुर, लखिमपुर, डिब्रुगढ र जोरहाट ।
  • छत्तीसगढ : १ सीट – बस्तर ।
  • राजस्थान : १२ सिट – गंगानगर, बिकानेर, चुरु, झुन्झुनु, सिकर, जयपुर ग्रामीण, जयपुर, अलवर, भरतपुर, करौली–ढोलपुर, दौसा, र नागौर ।
  • त्रिपुरा १ सीट – त्रिपुरा पश्चिम ।
  • मणिपुर १ सिट– भित्री मणिपुर ।

(स्रोत : बीबीसी हिन्दी)

याे पनि-

बिहारी गठबन्धन : के पाक्दैछ छिमेकमा ?

पश्चिम बंगालको चुनाव : वामदेखि रामसम्म !

उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १० : १९ बजे

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर