कार्यालय समयमा गयल हुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने « Khabarhub

कार्यालय समयमा गयल हुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी दिएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यलय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले जारी गरेको निर्देशन पत्रमा स्वास्थ्य मन्त्रालयल अन्तर्गत रहेका स्वास्थ्यका निकायहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा फेला नपरेको पाइएको उल्लेख गरिएको छ ।

जसका कारण सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो समेत आएको भन्दै मन्त्रालयले कार्यलय समयमा कार्यकक्षमै रहन निर्देशन दिएको हो ।

‘यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा गैर उपस्थिति रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू संयमित रही आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ।,’निर्देशन पत्रमा भनिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ५ : ३१ बजे

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्