सिंहदरबारमा कार्यसम्पादन करार सम्झौताको चटारो « Khabarhub

सिंहदरबारमा कार्यसम्पादन करार सम्झौताको चटारो

शिक्षामन्त्री भन्छिन् : ‘समस्या शून्यमा झार्नुपर्छ’


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) विभागीय २१ मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे । एक वर्षे सो सम्झौतामा मन्त्रीहरूले गर्ने कामबारे उल्लेख छ ।

प्रधानमन्त्रीसँग यस्तो सम्झौता गरेका मन्त्रीहरूले गर्नुपर्ने कामको जिम्मा सचिवहरूमा सारेका छन् । यस्तो सम्झौताको भार सचिवहरूले अब सहसचिव हुँदै कर्मचारी प्रशासनको तल्लो तहसम्म सार्नेछन् ।

मुलुकको कार्यकारी प्रमुखले माथिदेखि तल सर्नेगरी (टप टु बटम अप्रोच)मा गराएको कार्यसम्पादन करार सम्झौताको नतिजा चाहिँ सिंहदरबारले सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीबाट खोज्नेछ ।

माथिल्लो तहले सम्झौतामात्रै गराउने, तर काममा सहजीकरण नगरिदिँदा हैरानी खेप्ने गरेका कनिष्ठ कर्मचारीहरूको अप्ठेरो सम्बोधन गर्नेबारे भने प्रधानमन्त्री ओलीले ठोस निर्देशन दिएका छैनन् ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम सरकारले बनाएको सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ अनुसार यतिखेर धमाधम कार्यसम्पादन करार सम्झौता भइरहेको हो ।

अघिल्लोपटक सम्झौता गराएर पनि कार्यकाल नपुग्दै मन्त्री फेरेका प्रधानमन्त्री ओलीले यसपटक पनि मन्त्रीहरूलाई सम्झौतामा हस्ताक्षर गर्न लगाएका हुन् ।

शनिबार बिदा परेकाले अधिकांश मन्त्रालयमा शुक्रबार कार्यालय समयदेखि नै मन्त्री र सचिवबीच कार्यसम्पादन करार सम्झौता तयारी भइरहेको थियो । केही मन्त्रालयले यस्तो सम्झौता गरिसकेका छन् ।

प्रधानमन्त्रीसँग गरेको करार सम्झौताको भारी सचिवतर्फ सार्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अगाडि रहिन् । भट्टराईले शिक्षा सचिव डा. दीपक काफ्ले र विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीलाई कार्यसम्पादन करार सम्झौता गराएकी हुन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूबीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता करार गरेकी उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एकअर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य, सहकार्य र समन्वयको वातावरण तयार गर्ने बताइन् ।

उनले काम देखिने दस्तावेज र आम जनतालाई थाहा पाउने व्यवहार भएको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्झौता करार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै एक मार्गनिर्देशन भएको र शिक्षा र विज्ञान जनताको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारीतासँग प्रत्यक्ष जोडिने दाबी पनि गरिन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली, समावेशी लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र र समाजवाद अनुरूप राज्यव्यवस्थामा हामीले लेखेका कुरा पूरा नभएमा अविश्वास बढ्छ,’ भट्टराईले मन्त्रालयका कर्मचारीहरूलाई भनिन्, ‘जनतामा सरकारप्रतिको विश्वास र भरोसा प्रबल हुने गरी काम गर्नुपर्छ, समस्यालाई शून्यमा झानुपर्छ ।’

बिहीवार प्रधानमन्त्री र मन्त्री बीच सम्पन्न कार्यसम्झौतामा समय, लक्ष्य र सूचक तोकिएर १०० दिनभित्र गरिने ९ वटा, २०० दिनभित्र गरिने ८ वटा र २३ वटा अन्य कार्यसूचक तोकिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : १२ बजे

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

काठमाडौं – कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित