१४१ मुलुकसँग नेपालको व्यापार घाटा, यी हुन धेरै व्यापार घाटा हुने १० मुलुक « Khabarhub

१४१ मुलुकसँग नेपालको व्यापार घाटा, यी हुन धेरै व्यापार घाटा हुने १० मुलुक


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले चालु आर्थिक वर्ष (आव) को ९ महिनामा १६१ वटा मुलुकसँग गरेको वैदेशिक व्यापार मध्ये १४१ वटासँग व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा भएको कुल व्यापारमध्ये विगतकै निरन्तरतामा भारतसँग सबैभन्दा बढी व्यापार घाटा भएको हो ।

चालु आवको ९ महिनामा नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । सो अवधिमा नेपालमा भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

त्यस्तै, चालु आवको ९ महिनामा नेपालको तर्फबाट भएको वैदेशिक व्यापार मध्ये नेपालले दोस्रो ठूलो व्यापार घाटा चीनसँग व्यहोरेको छ । समीक्षा अवधिमा नेपालले चीनबाट २ खर्ब १६ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात गरेको भने २ अर्ब ११ करोड ४४ लाख बराबरको वस्तु चीन निर्यात गरेको छ ।

वैदेशिक रोजगारीको लागि ठूलो सङ्ख्यामा नेपाली जाने मुलुक साउदी अरबसँग पनि नेपालको तेस्रो ठूलो व्यापार घाटा रहेको छ । समीक्षा अवधिमा साउदी अरबसँग नेपालले २० अर्ब ४८ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

युद्धग्रस्त मुलुक युक्रेनसँग पनि नेपालको ठूलो व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले युक्रेनमार्फत १४ अर्ब ९० करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने जम्मा ४ लाख १९ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

त्यस्तै, नेपालीको रोजगारीकै लोकप्रिय गन्तव्य मुलुक मलेसियासँग नेपालको छैटौँ ठूलो व्यापार घाटा रहेको छ । समीक्षा अवधिमा नेपालले मलेसियाबाट १४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ ।

समीक्षा अवधिमा नेपालले फ्रान्सबाट १० अर्ब ५३ करोड १० लाख, अस्ट्रेलियाबाट १० अर्ब ३६ करोड ९१ लाख, इन्डोनेसियाबाट ८ अर्ब ८२ करोड २० लाख र अर्जेन्टिनाबाट ८ अर्ब ६२ करोड ६५ लाख रुपैयाँ बराबरको सामग्री आयात गरेको छ ।  

फ्रान्स, अस्ट्रेलिया, इन्डोनेसिया र अर्जेन्टिनामा भने नेपालले क्रमशः १ अर्ब ५४ करोड ३० लाख, १ अर्ब ३१ करोड ३९ लाख, १७ करोड ७८ लाख र १३ लाख ६६ हजार रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : २७ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा