काठमाडौँको मनमैजुमा अजिमा जात्रा सुरु « Khabarhub

काठमाडौँको मनमैजुमा अजिमा जात्रा सुरु


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ ।

जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याई लिङ्गोका रूपमा मन्दिर अगाडि ठड्याएर अजिमाको जात्रा सुरु गरिएको हो ।

धर्मस्थली जात्रा सकिएलगत्तै चैत्र शुक्ल चतुर्दशीका दिन लिङ्गो ठड्याएर आज विधिवत रूपमा जात्रा सुरु गरिएको नेवाःगुठी मनमैजुका गुठीयार भक्तमान महर्जनले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने मनमैजु जात्रामा मनमैजु अजिमालाई खटमा विराजमान गराई टोलटोलमा लगेर स्थानीयले पूजा गर्ने चलन छ । पाँच दिनमध्ये तीन दिन खटजात्रा, एक दिन मनमैजु देवीको मन्दिरमा पूजाआजा र एक दिन भजनकीर्तन गरी मनाइने महर्जनले बताए ।

जात्राको पाँचौँ दिन अर्थात् वैशाख १४ गते लिङ्गो ढालेर जात्रा समाप्त गरी देवीलाई विधिवत पूजा गर्ने चलन छ । मनमैजुको जात्रा बालाजु बाइसधाराको जात्रासँग पनि अन्तर सम्बन्धित रहेको छ । बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने धार्मिक जनविश्वास रहेको छ ।

महर्जनका अनुसार फुसिंख्यःमनमैजु जात्रामा अजिमा स्वयं धामीको रूपमा प्रकट भई जात्रामा सरिक हुने परम्परा हजारौँ वर्षअघिदेखि चल्दै आइरहेको छ । अजिमा धामी हुनेले जामालगाई अजिमा द्यःको पात्र समाति पूजा थाप्दै रथ अगाडि हिँड्छन् । अजिमा द्यः (धामी) हुनेलाई अजिमाको शक्ति आफैँ जागेर आउने गरेको स्थानीय बताउँछन् ।

मनमैजु देवीको नामबाटै यस गाउँको नाम मनमैजु रहन गएको उल्लेख रहेको पाइन्छ । उक्त जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा सुरु गरिएको हो ।

मनमैजु जात्राका लागि तारकेश्वर नगरपालिकाले समेत सहयोग गरेको छ । नगरप्रमुख कृष्णहरि महर्जनले जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री नगरपालिकाले सहयोग गरेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ५४ बजे

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान