नेपाली नागरिकको हत्या आरोपमा फरार एक भारतीय ट्याटुका कारण पक्राउ परे « Khabarhub

नेपाली नागरिकको हत्या आरोपमा फरार एक भारतीय ट्याटुका कारण पक्राउ परे


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा एक नेपालीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको हातमा रहेको ट्याटूका कारण उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

भेष बदल्ने बहुरुपी हत्याराको हातमा रहेको ट्याटूका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ती हत्यारालाई धेरै लामो समयदेखि खोजी गर्दै आएको थियो ।

गत जुन महिनामा राजधानी दिल्लीमा हरबीर नाम गरेका व्यक्तिले एक नेपालीको हत्या गरेका थिए । मदिरा पसलमा ती भारतीय नागरिकले एक नेपालीलाई मदिरा खान दिए । मदिराले लट्ठ भएपछि ती नेपालीले भारतीय नागरिकको पैसा लुट्न खोजेपछि उनीहरुबीच हात हालाहाल भयो । हरबिरले यतिकैमा नजिकै रहेको ढुङ्गाले हानेर ती नेपालीलाई मारिदिए । त्यसपछि उनी फरार थिए ।

हत्या भएको स्थान नजिकै रहेको दारुको लेबलमा रहेको बारकोडका आधारमा प्रहरीले उनीहरुले रक्सी किनेको दारु दुकान फेला पार्यो । सीसीटिभी फुटेजबाट मृतक र हत्याराको पहिचान भयो । हत्यारा हरबिरको हातमा ट्याटू थियो । त्यसपछि हरबिर प्रहरीसँगबाट बच्न आफ्नो भेष बदल्दै हिड्न लागे । प्रहरीसँग हत्या आरोपी हरबिरसम्म पुग्न ट्याटूबाहेक कुनै सुराकी थिएन ।

एकदिन हत्यारा हरबिर रक्सी किन्न भेष बदलेर त्यही दुकान पुगे । प्रहरीले दारु दुकानको कडा निगरानी गरिरहेका बेलामा सीसीटिभीको फुटेज पुनः जाँच गरियो । हातमा रहेको ट्याटूका आधारमा प्रहरीले हरबिरलाई चिन्यो र पक्राउ गर्यो । पक्राउ परेका हरबिर हाल दिल्ली प्रहरीको नियन्त्रणमा रहेको र उनीविरुद्ध कानून प्रक्रिया अघि बढाइएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ४४ बजे

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको