चीनमा बाढी : ५० हजारलाई सुरक्षित स्थानमा सारियो « Khabarhub

चीनमा बाढी : ५० हजारलाई सुरक्षित स्थानमा सारियो


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ । हालसम्म ११ जना बेपत्ता भएका छन् भने अहिलेसम्म कसैको हताहतीको खबर आएको छैन ।

अनलाइन भिडियोहरूमा मानिसहरूलाई उनीहरूको घरबाट निकाल्ने प्रयास भइरहेको देख्न सकिन्छ।

धेरै नदीको पानीको सतह बढ्दै गएको र ती नदीहरू खतराको निशानभन्दा माथि बगिरहेका छन् । ग्वाङ्डोङ प्रान्तमा नदीको पानीको सतह रेकर्ड स्तर छुन नजिक रहेको प्रशासनले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : १५ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को