माओवादी आन्दोलनको यात्रा जारी छ : उपाध्यक्ष सापकोटा | Khabarhub Khabarhub

माओवादी आन्दोलनको यात्रा जारी छ : उपाध्यक्ष सापकोटा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा उनले माओवादी पार्टी मात्रै नभएर विचारसहितको आन्दोलन पनि भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गरे ।

‍सबै कुराको निर्धारण विचार र सिद्धान्तले गर्ने भएकाले पार्टी जति बिग्रिँदै गए पनि आन्दोलनको यात्रा नरोकिने उनको भनाइ छ । ‘विचार र सिद्धान्तलाई सामान्य र कमजोर नठान्न सबैलाई विनम्र आग्रह छ, राम्रो नीति, योजना, कार्यदिशा र सिद्धान्त भयो भने अगाडि बढ्न कुनै अप्ठ्यारो छैन, त्यो तागत माओवादी पार्टीभित्र छ’, उनले भने ।

राजनीतिलाई कमजोर रूपमा नलिन र सामान्य ढङ्गले नसोच्न आग्रह गर्नै उनले सबै चिजको निर्धारण त्यसैले गर्ने भएकाले राजनीतिलाई अझ गहिराइमा पुगेर बुझ्न सबै नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

जनताले अझै पनि माओवादी पार्टीप्रति नै बढी विश्वास गरेको भए पनि २०५७ सालदेखि माओवादी पार्टीभित्र विचारको संश्लेषण गर्ने परिपाटी छोड्दै गएकाले पार्टी पछि पर्दै गएको उनको भनाइ छ ।

‘हामीले माथि मात्रै हेर्ने, विश्वास गर्ने र त्यसैमा रमाउने मात्रै गरिरह्यौँ’, त्यसबाट मुक्त हुँदै पार्टीको जग भनेको नै आधारभूत वर्ग किसान, मजदुर, पिछडिएको वर्ग र समुदायलाई बुझ्ने कामलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।’ उनले भने ।

पार्टीलाई अझ गति पैदा गराउन राजनीतिक खोज, अनुसन्धान र विश्लेषणलाई महत्वका साथ लिएर नयाँ योजना बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले आम नेता, कार्यकर्ताले पनि आफूलाई रूपान्तरण गर्दै बदल्न आफैँलाई चिन्नका लागि सोच्नसमेत आग्रह गरेका छन् ।

अबको चार महिनाभित्रमा पार्टीको जन वर्गीय सङ्गठन र मोर्चाको सम्मेलन, भेला र प्रशिक्षण राखेर सङ्गठनलाई सक्रिय र चलायमान बनाउन लाग्न सबै कमिटीलाई उनले आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य सूर्यमान दोङ (लालध्वज) ले पार्टी सङ्घ, प्रदेश र स्थानीय सबै तहमा सरकारमा रहेका कारण पार्टीभित्र देखिएको समस्या समाधान गर्न आधार प्रशस्त रहेको बताए । कतिपय नेताले चित्त नबुझेर दिने गरेको राजीनामा मात्रै समस्याको समाधान नभएको टिप्पणी गर्दै नेतृत्व लिन र त्यही खालको परिणाम दिने गरी काम गर्न तयार रहन आग्रह गरेका छन् ।

पार्टी समस्याको निकास दिन र समानताको प्रतीकका रूपमा उभिएको भन्दै उनले नेता भएर साधारण जनताको सोच र चिन्तनमा बहकिने जस्तो व्यवहार नदेखाउन आग्रह गरे ।

पार्टीको केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला कमिटी इन्चार्ज तेजबहादुर मिजारले पार्टीले ल्याएको जबस मोर्चालाई सङ्गठित र क्रियाशील बनाउने अभियानलाई मूर्तरूप दिन अभियानमा लामबद्ध हुन तयार रहेको बताए ।

पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पार्टी सङ्गठनभित्र सबै ठाउँमा समस्या देखा परेको भन्दै समाधानका लागि अगाडि बढ्न सबै जिल्लाका नेतृत्व र सिङ्गो पार्टी तयार रहन आग्रह गरे ।

‘नयाँ समस्या जति आयो, त्यति नै समाधान गर्न पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यस खालका गतिविधि अवरुद्ध हुँदै आएको छ, त्यसका लागि वडा, पालिका र जिल्ला कमिटीले हिम्मत गर्न सक्नुपर्छ ।’

पार्टी जिल्ला कमिटी संयोजक भोला अर्यालको अध्यक्षतामा भएको बैठकमा सहभागी नेता र पालिका कमिटीका अध्यक्षले पार्टीलाई सक्रिय बनाउनुपर्ने, सबै जन वर्गीय सङ्गठन र मोर्चाको भेला, बैठक, प्रशिक्षणको आयोजना गरी सक्रिय पार्टी सङ्गठन निर्माण गर्न जोड दिएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : २२ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि