अन्ततः सुरु भयो रावायणको सुटिङ « Khabarhub

अन्ततः सुरु भयो रावायणको सुटिङ


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म रावायणको छाया‌कंन सुरु भएको छ । निर्माण पक्षले सोमबार जनकपुरबाट फिल्मको छायांकन सुरु गरेको हो ।

सुदर्शन थापाको निर्देशन रहने यस फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक, नायक प्रमोद अग्रहरी लगायतको मुख्य अभिनय रहने बताइएको छ  । उनीहरूसहित  प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहने बताइएको छ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने यस फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । यो फिल्म शिवम अधिकारीको लेखेका हुन्  ।

पहिला निर्देशक थापाले यस फिल्मको मुख्य भूमिकामा नायक अनमोल केसी र मोडल नीति शाहलाई अनुबन्ध गरेका थिए । अनमोलले अन्तिम समयमा फिल्मबाट हात झिकेपछि यस फिल्मको निर्माण अलपत्र परेको थियो । यो घटनाले कानुनी रूप पनि लिएको थियो ।

अग्रिम भुक्तानी लिएर फिल्ममा काम नगरेका कारण अनमोल प्रहरीको नियन्त्रणमा समेत परे । नीतिको डेब्यू फिल्म रहने भनेर समेत फिल्मले चर्चा पाएको थियो । अहिले अनमोल र नीति दुवै फिल्ममा छैनन् । त्यस बेला यस फिल्म सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्ने घोषणा गरिएको थियो ।

यस फिल्म भदौ २१ मा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी रहेको छ  ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ४५ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को