साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता शनिबारदेखि « Khabarhub

साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता शनिबारदेखि


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल हक्की सङ्घको आयोजनामा छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहने आयोजक हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ ।समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च हुने हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । पाँचदिने उक्त प्रतियोगिताका खेलहरु काभ्रेको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ०५ बजे

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले