पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’ « Khabarhub

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ’कर्णाली साहित्य महोत्सव’ हुने भएको छ ।

फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो । कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास बारे विमर्श गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक डा. नवराज केसीले जानकारी दिए ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले  महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरूसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलोपटक आयोजित महोत्सवमा छ सय पुस्तक प्रदर्शनी गरिने जनाइएको छ ।

महोत्सव आयोजक समितिका सदस्य तथा लेखक माधव चौलागाईँका अनुसार महोत्सवबाट पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ३८ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त