मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु « Khabarhub

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए ।

मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर दुर्घटना भएको थियाे ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै