कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक | Khabarhub Khabarhub

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज मंगलबार अपरान्ह काठमाडौंमा अवतरण हुने भएपछि सडक खाली गरिएको छ ।

भ्रमणलाई व्यवस्थित र सफल बनाउन सुरक्षा व्यवस्थालाई चुस्त पार्ने भन्दै प्रहरीले त्रिभुवन विमानस्थलदेखि शीतल निवास र सोल्टीमोडसम्मको सडक खाली गरेको हो ।

रष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।

अमिर शेखको भ्रमणभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बानेश्वर- शीतल निवास र शीतल निवासदेखि सोल्टीमोडसम्मको सडक खाली गरिँदैछ ।

अहिले त्रिभुवन विमानस्थलबाट शीतल निवाससम्म पुग्ने मुख्य सडकमा निजी सवारी चल्न रोक लगाइएको छ ।

कतारी शेखलाई विमानस्थलमा स्वागत गरेर राष्ट्रपति पौडेलले सिधै शीतल निवास लानेछन् । त्यहाँ दुईजनाबीच औपचारिक भेटवार्ता हुनेछ ।

शीतल निवासमा भेट सकेपछि कतारी शेख त्यहाँबाट सिधै सोल्टीमोडस्थित होटल सोल्टीमा पुग्नेछन् । त्यहीकारण यी दुईजना भीआईपीको कारगेटबाहेक अन्य सबै सवारीलाई यी रुटमा निषेध गरिएको हो ।

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार कतारका राजालाई ‘अति विशिष्टस्तरको सुरक्षा’ दिने निर्णय गरेको  छ । त्यही निर्णयअनुसार ट्राफिक महाशाखाले उपत्यकाका मुख्य दुई रुटका सडक पूरै खाली गरेको हो । मुख्य रुट नै अवरुद्ध भएपछि मंगलबार रातिसम्मै ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।

भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।

विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँड गरिएको छ ।

सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५-१५ मिनेट स्थगित गरिने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ५० बजे

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ