हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै « Khabarhub

हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अझै १६ दिन जेलमा बस्नुपर्ने भएको छ ।

दिल्लीस्थित राउज एभेन्यु कोर्टले मंगलबार केजरीवालको न्यायिक हिरासतको समय ७ मेसम्मलाई बढाएको हो ।

भारतमा लोकसभाको चुनाव चलिरहँदा केजरीवालको बास जेलमै हुने भएको छ ।

यसअघि केजरीवालको जेल बसाइलाई १ अप्रिलबाट १५ अप्रिलसम्म लम्ब्याइएको थियो । त्यसपछि २३ अप्रिलसम्म थपियो ।

अदालतको यस आदेशपछि केजरीवाल अब लोकसभा चुनावको दोस्रो (२६ अप्रिल) र तेस्रो (७ मे) चरणको चुनावमा जेलमै रहने छन् ।

केजरीवालसहित बीआरएस नेता के. कविता र एक अन्य आरोपी चरनप्रीत पनि जेल बसाइ ७ मेसम्म बढाइएको छ ।

प्रवर्तन निर्देशालय (ईडी) ले सुनुवाइका क्रममा के. कविताको केसमा ६० दिनमा मुद्दा दर्ता हुने जनाएको छ ।

ईडीले मदिरा नीति केसमा केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । २२ मार्चमा राउज एभेन्यु कोर्टमा पेशी गरिएको थियो । जहाँबाट उनलाई २८ मार्चसम्म ईडीको हिरासतमा पठाइएको थियो । उनी गत १ अप्रिलदेखि तिहाड जेलमा छन् ।

यसैबीच तिहा प्रशासनले केजरीवाललाई सोमबार साँझ इन्सुलिन दिइएको जनाएको छ । अधिकारीले उनलाई कम क्षमताको २ युनिट इन्सुलिन दिइएको जनाएका छन् ।

सोमबार साँझ ७ बजे उनको सुगर लेभल २१७ पुगेको थियो । एम्स अस्पतालका चिकित्सकले २०० माथि गएपछि उनलाई कम क्षमताको इन्सुलिन दिन सकिने जनाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : २२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट