कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी « Khabarhub

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटवार्ता हुँदैछ ।

उनीहरुबीच होटल सोल्टीमा बिहान साढे १० बजे हुने द्विपक्षीय भेटवार्ता हुन लागेको हो । भेटवार्तापछि दुवैजना द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । दुवै देशका प्रतिनिधिमण्डलसहितको भेटवार्तामा आज विभिन्न ११ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अल थानीको भ्रमणको क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ । १९ वर्षअघि सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो ।

यो अवधिमा परिवेश फेरिइसकेकाले नयाँ श्रम सम्झौता गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । कतार नेपाली श्रमिकहरुको मुख्य गन्तव्य मूलुक हो । यहाँ हाल झण्डै तीन लाख ७० हजार नेपाली श्रमिक कार्यकरत छन् ।

सम्झौतामा हस्ताक्षर पछि अमिर अल थानी मध्याह्न १२ बजे प्रधानमन्त्री दाहालले होटल द्वारिकाजमा आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि हिजो काठमाडौँ आएका अमिर अलथानीले राष्ट्रपति पौडेलसँग हिजो नै भेटवार्ता गरिसकेका छन् ।

भेटका क्रममा अलथानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउन सक्ने बताएका थिए ।

यस्तै उनले नेपालसँग अझ राम्रो सम्बन् स्थापित गरेर सहयोगका क्षेत्रहरु फराकिलो बनाउँदै लैजाने उद्देश्य रहेको उल्लेख गरेका थिए । उनले इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो पहल गर्ने आश्वासन समेत दिएका छन् ।

राष्ट्रपति पौडेलले अलथानीको सम्मानमा हिजो रात्रिभोजको आयोजना गरेका थिए । अमिर अलथानी आज दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : २४ बजे

इरानलाई घेर्न अमेरिकाको नयाँ प्रस्ताव, राष्ट्रसंघमा भिटो प्रयोग नगर्न चीन–रुसलाई आग्रह

वाशिङ्टन- अमेरिकाले संयुक्त राष्ट्र संघमा इरानसम्बन्धी नयाँ प्रस्ताव पेश गरेको

हुयोन प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३० प्रतिशत हिस्सेदारी स्वीकार

एजेन्सी– कम्बोडियामा साइबर ठगी, मनी लन्ड्रिङ र डिजिटल भुक्तानी प्रणालीसँग

अध्यादेशले सजिलो भएपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश टुंगो लगाइने

काठमाडौं- सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बलेवा– बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक