भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी « Khabarhub

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत् फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

विक्रम संवत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष पूरा भएको छ ।

 सोही भूकम्पको सम्झनामा  भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था संवाहिका समाज नेपालको सह-आयोजनामा लैनचौरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो । 

फोटो प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । उद्घाटनपछि मन्त्री भण्डारीले २०७२ सालको भुकम्पले मुलुकले ठूलो जनधनको क्षति बेहोरेको स्मरण गरे । उनले अहिले पनि नेपाल भूकम्पीय उच्च जोखिममा रहेको विभिन्न तथ्यांकले देखाएकाले आगामी दिनमा राज्यले संरचनागत र नीतिगत विषयहरूको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने कुरा बोध गराएको भन्दै भुकम्पबाट हुने क्षति अत्यन्त न्यून होस भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताए

प्रदर्शनीमा २०७२ साल र २०७९-८० सालमा जाजरकोट, बझाङ लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ । प्रदर्शनीमा ५५ वटा फोटो राखिए छन् ।

 खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भुकम्पविद् डा. लोकविजय अधिकारीले विगतलाई बिर्सन नदिई सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणका लागि सचेत रहनुपर्छ भन्ने सन्देश दिने प्रयास गरिएको बताए । उनले नेपालका ग्रामीण क्षेत्रमा रहेका मानिसमा अझै पनि भुम्कपप्रतिरोधी सचेतना नभएको पाइएको उल्लेख गरे ।

नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी गोरखा भूकम्प गएको थियो । सो भूकम्पमा परि आठ हजार नौ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठुलो भूकम्प थियो । 

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ३ : ३५ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने