बर्दिबास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईलेविरुद्धकाे औषधि खुवाउने « Khabarhub

बर्दिबास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईलेविरुद्धकाे औषधि खुवाउने


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिबासले आम औषधि सेवनको अभिमुखीकरण गराएको छ ।

नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवसायी, पत्रकार, जनप्रतिनिधिहरूको सहभागितामा बुधबार भएको उक्त कार्यक्रममा वैशाख १६ गते देखि सुरु हुने औषधि सेवन प्रक्रियाको विषयमा अभिमुखीकरण दिएको हो ।

प्राणघातक नभएता पनि मानिसहरूलाई अशक्त तथा अपाङ्ग बनाउने यो रोगका विरुद्ध हरेक वर्ष आईभरमेक्टिन, इथाईल्कारबमाजली र अल्वेन्डाजोल भन्ने औषधि अनिवार्य  खुवाउनु पर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । तीन वटै औषधि उचाइअनुसार निर्धारण हुने र उचाइ नापेर मात्र सेवन गराउने प्रक्रिया रहेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

रोग संक्रमणको हिसाबले महोत्तरी जोखिममा नै रहेको बताउँदै नगर स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले उक्त औषधि निर्धारित मिति देखि हरेक टोल, विद्यालयहरूमा पाइने जानकारी दिए ।

माईक्रोफालेरिया परजीवी घटाएर रोग लाग्न नदिने यो औषधि दुई वर्ष भन्दा मुनिका बालबालिका, गर्भवती, सुत्केरी आमा, सिकिस्त बिरामी र क्षारे रोग भएकाहरूका लागि खुवाउन नमिल्ने स्वास्थ्यकर्मीहरूले सल्लाह दिएका छन् ।

वैशाख २६ गतेसम्म निर्धारण गरिएता पनी आम मानिसहरूको सेवनको दरलाई हेरेर उक्त मितिलाई बढाउन सकिने नगर स्वास्थ्य शाखाले जनाएको छ । समुदायमा अभिमुखीकरणको लागि नगरले विभिन्न ठाउँमा स्वयंसेवक समेत परिचालन गरेको छ ।

नगरको ७६ हजार १ सय ४१ जनसंख्या मध्ये ७३ हजारलाई औषधि खुवाउने नगरले लक्ष्य राखेको छ । जिल्लाको अन्य पालिकाको तुलनामा बर्दिबास नगरपालिकामा लक्षित कुल जनसंख्याको ९६ प्रतिशतलाई खुवाइएको थियो । यो जिल्लाको नै सबैभन्दा बढी प्रतिशत हो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : १० बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने