बोक्सीको घरको प्रिमियर सम्पन्न « Khabarhub

बोक्सीको घरको प्रिमियर सम्पन्न


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को घरको प्रिमियर शो सम्पन्न भएको छ । सुन्धारास्थित एक फिल्म हलमा गरिएको प्रिमियरमा कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रिमियरमा नायिका तथा निर्देशक दीपाश्री निरौला, निर्देशक रामबाबु गुरुङ, निर्देशक प्रदीप भट्टराई, नायिका गौरी मल्ल, झरना थापा, नायक विजय बराल, नायक मुकुन भुसाल लगायतको उपस्थिति थियो ।

फिल्ममा कम उमेरमा विवाह भएकी महिला अन्धविश्वासका कारण समाजबाटै हिंसाको शिकार बनेको देखाइएको छ ।

प्रिमियरपछि धेरैले बालकालार सुपला सापकोटाको अभिनयको तारिफ गरेका छन् । निर्देशक भारती फिल्ममा गहन विषयलाई उठान गर्न सफल भएको धेरैले प्रतिक्रिया दिए ।

फरक शैलीमा कथा भन्न निर्देशक भारती सफल भएको नायक विजय बरालले प्रतिक्रिया दिए । उनले भने, ‘एक खालको फिल्म बनेको छ ।’

त्यस्तै, अभिनेता मुकनु भुसालले बालकलाकार सुपला भट्टराईको भूमिका मन परेको प्रतिक्रिया दिए । कलाकार रवीन्द्र झाले फरक शैलीमा बनेको भन्दै सकारात्क प्रतिक्रिया दिए । उनले भने, ‘फिल्म राम्रो बनेको छ । कथावस्तु मन प-यो ।’

केकी अधिकारीको ब्यानरमा बनेको यस फिल्मका केकीको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १० : ५४ बजे

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय