वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा घर भई चाबहिल बस्ने ५२ वर्षीय कुलबहादुर लिम्बु र झापा घर भई बुढानीलकण्ठ बस्ने ३८ वर्षीय विजय भण्डारी रहेका छन् ।

कुलबहादुरले मोनिराज राई समेत दुई जनालाई क्रोएसियामा आकर्षक तलबको प्रलोभन देखाई दुई लाख ५५ हजार रुपैयाँ ठगी गरेकाे  आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जोरपाटीबाट बिहीबार पक्राउ गरेको हो ।

त्यस्तै, विजयले शेखर थापा समेत ८ जनालाई स्पेनमा आकर्षक तलबको प्रलोभन देखाई ५६ लाख रुपैयाँ ठगी गर्ने गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बबरमहलबाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : ०४ बजे

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न

बाढीपछि पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्गतिर जान आग्रह (तस्बिरहरू)

काठमाडौं– रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण