कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण « Khabarhub

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि रहेका हुन्छौँ । 

कुकुरलाई सफा जनावरको रूपमा लिइन्छ । चार खुट्टा भएका जनावरहरूको संरचना नै यस्तो हुन्छ कि एउटा खुट्टा नउठाए उनीहरूको खुट्टामा पिसाब लाग्ने सम्भावना हुन्छ । ऊ आफ्नो पुच्छरले जमिन सफा गरेपछि मात्र नै बस्छ । हामीले देखिरहेकै कुरा हो कि कुकुरले जमिन खनेर आश्रय बनाउँछ । त्यसले पिसाब गर्ने क्रममा पनि खुट्टा उठाएन भने उसको एउटा खुट्टा पिसाबले भिज्छ । त्यसैले पनि उसले खुट्टा गर्छ ।

त्यस्तै,  विज्ञहरूका अनुसार  कुकुरहरूले पिसाब गर्दा फेरोमोन्स नामक गन्ध निस्कन्छ । यो गन्ध कुकुर अनुसार फरक हुन्छ ।

वैज्ञानिकका अनुसार कुकुरहरूले एउटा खुट्टा उठाएर स्थिर सतहमा पिसाब फेर्छन् ताकि तिनीहरूले अन्य कुकुरहरूको लागि छाप छोड्न सकुन् । हो, यो चिन्ह पिसाबको कारणले होइन, पिसाबको गन्धले हुन्छ । उनीहरूले अन्य कुकुरको नाकको समानान्तर आफ्नो गन्ध छोड्छन् जसलाई सजिलै महसुस गर्न सकियोस् । कुनै उभिएको वा स्थिर चिजमा पिसाब गर्नुको यही कारण हुनसक्छ ।

कुकुरले बाटो बिराए वा टाढा कतै गए भने बाटोमा आफूले फेरेको पिसाबले त्यस क्षेत्रको ठेगाना पत्ता लगाउँछन् । अक्सर कुकुरहरूले पिसाब फेरेको स्थान सुँघिरहन्छन् । यो उनीहरूको यो एक विशेषता नै हो ।

कुकुरहरूले पनि आफ्नो सिमाना बनाउँछन् र कसैले घुसपैठ गरेमा भुक्न थाल्छन् वा घेर्छन्। यस्तो अवस्थाबाट बच्न वा अन्य कुकुरहरूलाई चेतावनी दिन कुकुरहरूले खुट्टा उठाएर पिसाब फेर्छन् । 

यदि तिनीहरूले जमिनमा पिसाब फेर्छन् भने, यो छिट्टै सुक्ने र गन्ध उड्ने सम्भावना हुन्छ, त्यसैले कुकुरहरूले आफ्नो हिसाबले एउटा सही स्थान छान्छन् । कुकुरले एक दिनमा ३ देखि पाँच पटक पिसाब फेर्छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।