कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण « Khabarhub

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि रहेका हुन्छौँ । 

कुकुरलाई सफा जनावरको रूपमा लिइन्छ । चार खुट्टा भएका जनावरहरूको संरचना नै यस्तो हुन्छ कि एउटा खुट्टा नउठाए उनीहरूको खुट्टामा पिसाब लाग्ने सम्भावना हुन्छ । ऊ आफ्नो पुच्छरले जमिन सफा गरेपछि मात्र नै बस्छ । हामीले देखिरहेकै कुरा हो कि कुकुरले जमिन खनेर आश्रय बनाउँछ । त्यसले पिसाब गर्ने क्रममा पनि खुट्टा उठाएन भने उसको एउटा खुट्टा पिसाबले भिज्छ । त्यसैले पनि उसले खुट्टा गर्छ ।

त्यस्तै,  विज्ञहरूका अनुसार  कुकुरहरूले पिसाब गर्दा फेरोमोन्स नामक गन्ध निस्कन्छ । यो गन्ध कुकुर अनुसार फरक हुन्छ ।

वैज्ञानिकका अनुसार कुकुरहरूले एउटा खुट्टा उठाएर स्थिर सतहमा पिसाब फेर्छन् ताकि तिनीहरूले अन्य कुकुरहरूको लागि छाप छोड्न सकुन् । हो, यो चिन्ह पिसाबको कारणले होइन, पिसाबको गन्धले हुन्छ । उनीहरूले अन्य कुकुरको नाकको समानान्तर आफ्नो गन्ध छोड्छन् जसलाई सजिलै महसुस गर्न सकियोस् । कुनै उभिएको वा स्थिर चिजमा पिसाब गर्नुको यही कारण हुनसक्छ ।

कुकुरले बाटो बिराए वा टाढा कतै गए भने बाटोमा आफूले फेरेको पिसाबले त्यस क्षेत्रको ठेगाना पत्ता लगाउँछन् । अक्सर कुकुरहरूले पिसाब फेरेको स्थान सुँघिरहन्छन् । यो उनीहरूको यो एक विशेषता नै हो ।

कुकुरहरूले पनि आफ्नो सिमाना बनाउँछन् र कसैले घुसपैठ गरेमा भुक्न थाल्छन् वा घेर्छन्। यस्तो अवस्थाबाट बच्न वा अन्य कुकुरहरूलाई चेतावनी दिन कुकुरहरूले खुट्टा उठाएर पिसाब फेर्छन् । 

यदि तिनीहरूले जमिनमा पिसाब फेर्छन् भने, यो छिट्टै सुक्ने र गन्ध उड्ने सम्भावना हुन्छ, त्यसैले कुकुरहरूले आफ्नो हिसाबले एउटा सही स्थान छान्छन् । कुकुरले एक दिनमा ३ देखि पाँच पटक पिसाब फेर्छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १३ बजे

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि