गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित « Khabarhub

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै विद्यालय बन्द गरिएको छ। अधिकांश भागको अधिकतम तापक्रम १ सय ८ फरेनडाइट नाघेपछि अप्रिल २७ सम्मको लागि सबै विद्यालय बन्द गरिएको हो।

गर्मीबाट तीन करोड ३३ लाख बालबालिका प्रभावित भएका बीबीसीले जनाएको छ। बङ्गलादेशले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरेको यो दोस्रो पटक हो।

बङ्गलादेशका मौसमविद्हरुले यो वर्ष तातोको चेतावनी दिएको यो चौथो पटक हो। जलवायु संकटको प्रभावबाट बङ्गलादेशको तल्लो तह जोखिममा परेको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी प्यानलका अनुसार समुद्री सतहमा ३० देखि ४५ सेन्टिमिटरको वृद्धिले तटीय जिल्लाका तीन करोड ५० लाखभन्दा बढी मानिसलाई विस्थापित गर्न सक्नेछ। यो देशको कुल जनसंख्याको एक चौथाइ हो।

मस्जिदमा उपस्थित भएर वर्षाको लागि प्रार्थना गर्दै।

बुधबार मात्र हजारौं मुस्लिमले मस्जिदमा भेला भएर वर्षाको लागि प्राथनासमेत गरेको समाचारमा उल्लेख गरिएको छ।

बङ्गलादेशका मौसमविद्ले कम्तिमा अर्को हप्तासम्म गर्मी बढ्ने चेतावनी दिएका छन्। गर्मीको कारण हुने स्वास्थ्य समस्याका विरामी बढ्न सक्ने भन्दै त्यहाँको सरकारले अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

केहीदिन अघि फिलिपिन्स र भारतले अत्यधिक गर्मी भएपछि विद्यालय बन्द गरेका थिए। पछिल्लो समय एसियामा गर्मी बढ्दै गएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ३१ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई