गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित | Khabarhub Khabarhub

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै विद्यालय बन्द गरिएको छ। अधिकांश भागको अधिकतम तापक्रम १ सय ८ फरेनडाइट नाघेपछि अप्रिल २७ सम्मको लागि सबै विद्यालय बन्द गरिएको हो।

गर्मीबाट तीन करोड ३३ लाख बालबालिका प्रभावित भएका बीबीसीले जनाएको छ। बङ्गलादेशले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरेको यो दोस्रो पटक हो।

बङ्गलादेशका मौसमविद्हरुले यो वर्ष तातोको चेतावनी दिएको यो चौथो पटक हो। जलवायु संकटको प्रभावबाट बङ्गलादेशको तल्लो तह जोखिममा परेको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी प्यानलका अनुसार समुद्री सतहमा ३० देखि ४५ सेन्टिमिटरको वृद्धिले तटीय जिल्लाका तीन करोड ५० लाखभन्दा बढी मानिसलाई विस्थापित गर्न सक्नेछ। यो देशको कुल जनसंख्याको एक चौथाइ हो।

मस्जिदमा उपस्थित भएर वर्षाको लागि प्रार्थना गर्दै।

बुधबार मात्र हजारौं मुस्लिमले मस्जिदमा भेला भएर वर्षाको लागि प्राथनासमेत गरेको समाचारमा उल्लेख गरिएको छ

बङ्गलादेशका मौसमविद्ले कम्तिमा अर्को हप्तासम्म गर्मी बढ्ने चेतावनी दिएका छन्। गर्मीको कारण हुने स्वास्थ्य समस्याका विरामी बढ्न सक्ने भन्दै त्यहाँको सरकारले अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

केहीदिन अघि फिलिपिन्स र भारतले अत्यधिक गर्मी भएपछि विद्यालय बन्द गरेका थिए। पछिल्लो समय एसियामा गर्मी बढ्दै गएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ३१ बजे

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय