काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए « Khabarhub

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

६ जना एसएसपीको सरुवा


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) ८ महिनामै फेरेको छ ।

गृहमन्त्री रवि लामिछानेले काठमाडौं प्रहरी प्रमुखमा अपराध अनुसन्धान विभागबाट एसएसपी वसन्त रजौरेलाई सरुवा गरेका छन् ।

उता उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारीमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद्मा थिए ।

काठमाडौं प्रहरी परिसरमा यसअघि एसएसपी भूपेन्द्र खत्री प्रमुख थिए ।

अपराध अनुसन्धान प्रमुखमा सोमेन्द्र सिंह राठौर प्रमुख थिए । खत्रीको सरुवा अपराध अनुसन्धान विभागमा हुँदा राठौरको राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएको छ ।

काठमाडौं प्रहरी परिसरका एसएसपी खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

कोशी प्रदेश तालिम निर्देशनालयका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा ल्याइएको छ ।

त्यहाँका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले गत भदौ ४ गते नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवाका क्रममा काठमाडौं प्रहरी परिसर प्रमुखमा खत्री र अपराध अनुसन्धानको प्रमुखमा राठौरलाई सरुवा गरेको थियो । अब उनीहरूको ८ महिनामै सरुवा गरिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ४३ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज