सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री  « Khabarhub

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानून निर्माण गरी तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् ।

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पत्ति छानबिन गर्ने र आफन्तको नाममा राखिएको सम्पत्तिबाट भए पनि रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्ने उनले बताए ।

उनले सहकारी प्रकरणमा निकै मेहनत गरिरहेको भन्दै फरार सहकारी सञ्चालकलाई समेत छिटै कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाए ।

अनेकौँ आरोप खेपेर भएपछि सहकारी प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भन्दै उनले प्रतिवेदनका आधारमा समाधान खोज्ने क्रम सुरु भएको धारणा राखे ।

सहकारी समस्या समाधान गर्न सरकारले फास्ट ट्रयाकमा काम गर्ने निर्णय गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिन सहकारी पीडितहरू सिंहदरबार पुगेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : १३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५