सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने | Khabarhub Khabarhub

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन धरौटी बुझाएर छुटेका छन् ।

सुप्रिम सहकारीको तत्कालीन कोषाध्यक्षसमेत रहेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दीपेश बिहीबार जिल्ला अदालत रुपन्देहीमा ४ लाख धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले ४ लाख धरौटी लिएर पुनलाई तारखेमा रिहा गरिएको बताए ।

उनलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्ने आदेश दिएकाे थियो । तर फेरि पक्राउ पर्ने डरले उनी धरौटी नबुझाइ कारागारमा बसेका थिए ।

सहकारी प्रकरणमा छुटे पनि पुनमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा छानबिन गर्ने भएको छ ।

धरौटी बुझाउँदै तारेखमा रिहा भएका उनलाई उपयुक्त समयमा बयानका लागि बोलाउने तयारी भइरहेको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान भइरहेकाले उचित समयमा बयानका लागि बोलाउने जानकारी दिए ।

‘अहिले उनलाई पक्राउ गरिएको छैन, हामी अनुसन्धानको चरणमा छौँ’, उनले खबरहबसँग भने, ‘अनुसन्धानका क्रममा उचित समयमा झिकाएर बयान लिन्छौँ, सोधपुछ हुनेछ ।’

पुनलाई जिल्ला अदालत रुपन्देहीले गत वैशाख ७ गते नै धरौटीमा छाड्न आदेश दिएको थियो । तर त्यसबेला फेरि पक्राउ पर्ने चिन्ताले उनी धरौटी नबुझाई कारागार गएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ४१ बजे

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका