फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं « Khabarhub

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु भएको स्थानमा दरिएको छ ।

एयर क्वालिटी इन्डेक्सले वेबसाइटमा शुक्रबार सार्वजनिक सूचीअनुसार विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौं पहिलो बनेको हो ।

एयर क्वालिटी इन्डेक्सका अनुसार शुक्रबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ देखिएको छ ।

काठमाडौंपछि दोस्रो प्रदूषित सहर पाकिस्तानको लाहोर बनेको छ । तेस्रो प्रदूषित सहररमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ ।लाहोरको एक्यूआई १८१ देखिँदा दिल्लीको १७० पाइएको छ ।

काठमाडौं सहर पटक पटक विश्वकै प्रदूषित सहरको शीर्षमा उक्लिने गरेको छ ।  गत चैत २७ मा पनि यो सहर वायु प्रदूषणतर्फ पहिलो नम्बरमा थियो । त्यसबेला एक्यूआई २ सय नाघेको थियो ।

एयर क्वालिटी इन्डेक्सका अनुसार वायु प्रदूषण शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सतर्क हुने अवस्था हो ।

१०१ देखि १५० सम्मको एक्यूआई खतरनाक मानिन्छ । जसबाट श्वाशप्रश्वास र मुटु रोगीलाई गम्भीर असर पार्न सक्छ । १५१ देखि २०० एआईक्युसम्मको वायु घातक हुन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ५५ बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट