आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू « Khabarhub

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार हुन लागेको उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न इलाम २ र बझाङ प्रदेश १ का मतदातालाई भनेको हो ।

इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ–१ (क) मा प्रदेश सभा सदस्य चयनका लागि शनिबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त बनाउने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास जनाएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ४८ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक