विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री « Khabarhub

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त राज्य अमेरिकामा भइरहेको विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको बताएका छन् ।

प्यालेस्टिनी लडाकू हमासमाथिको ‘मौनता’को आलोचना गरेका छन् । हमाससँग इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले संयुक्त राज्य अमेरिकाभरका विश्वविद्यालयहरूमा ठूलो मात्रामा गिरफ्तारी गरेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन अमेरिकी प्रहरीले कतिपय स्थानमा अश्रुग्यास र ‘टेजर’को प्रयोग गरेको छ । उच्च पदस्थ अधिकारीहरूसँगको बैठकपछि बेइजिङमा बोल्दै ब्लिन्केनले भने , “यस्ता प्रदर्शनहरू ‘हाम्रो लोकतन्त्रको पहिचान’ हुन् ।”

“हाम्रा नागरिकले कुनै पनि बेला आफ्ना विचार, चिन्ता, आक्रोश प्रकट गर्छन्,” ब्लिन्केनले चीन भ्रमणका क्रममा बेइजिङमा पत्रकारसँगको कुराकानीमा भने ।

प्रदर्शनकारीले अक्टोबर ७ मा इजरायलमाथि अभूतपूर्व आक्रमण गर्ने हमासको निन्दा नगरेको पनि उनले बताए ।

उनले भने, “मैले यसअघि पनि भनिसकेको छु, यदि हमासले आफ्ना हतियारहरूलाई प्रयोग गर्न रोकेमा वा सबै नागरिक सरह बसेमा वा बन्धकहरूलाई मुक्त गरेको भए युद्ध महिनौं अघि नै रोकिन सक्थ्यो ।”

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : २१ बजे

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा म्यानचेस्टर सिटी

पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व

आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलमा आर्सनल विजयी भएको

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाडौं– आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक