पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै « Khabarhub

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ प्रतियोगिता हुँदैछ ।

नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा प्र्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स (युएई), प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् ।

ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधाअन्तर्गत सुरुमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ ।

दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेता चयन हुनेछन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ३८ बजे

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू