नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै « Khabarhub

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य ‘गोलकोत’ कोतघरलाई नेपाली सेनाले जिर्णोद्धार तथा मर्मत सम्भार गर्ने भएको छ । जिर्णोद्धारको काम वैशाख अन्तिम साता देखि सुरु हुनेछ ।

कोतघरमा रहेका पुराना हात हतियारको संरक्षणसँगै कोतघरको सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न कोतघर जिर्णोद्धार गर्न लागिएको गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए ।

नेपाली सेना तथा स्थानीय जनश्रमदान गरी करिब १५ लाख रुपैयाँको लागतमा कोतघरको जिर्णोद्वार गरिने छ ।

पुरानो कोत घर जीर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले जिर्णोद्धार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक इस्टमेट अनुसार जिर्णोद्धार कार्य गरिने श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिए ।

कोतघरमा जिर्णोद्धार तथा मर्मत सम्भार गर्नका लागि आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समिति सँग आवश्यक समन्वय गरिने श्री मेहर गण बागलुङका क्याप्टेन दुर्गा बहादुर थापाले बताए ।

कोतघरमा हतियारका साथै बाईसे–चौबिसे राज्य हुँदाको बखत पुर्खाले लड्दाका बेला प्रयोग भएका सामग्री राखिने छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ५७ बजे

पहिलो हाफमा ब्राजिलाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ