इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने | Khabarhub Khabarhub

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

इलाममा विभिन्न १२ दल तथा सात स्वतन्त्र गरी १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।

बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार चुन्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार दुई सय सुरक्षाकर्मीहरु परिचालन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो । यस्तै, ६ सय ५१ कर्मचारी परिचालन गरिएको जनाइएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : १७ बजे

देशका अधिकांश भागमा मौसम सफा रहने 

काठमाडौं–  हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी– मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको

आइपिएल अक्सनको मिति तोकियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित