उसुमा दीपक हमालले बनाए कीर्तिमान  « Khabarhub

उसुमा दीपक हमालले बनाए कीर्तिमान 


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा भइरहेको अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले तीनवटा कास्य पदक हात पारेको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा इन्टरनेसनल उसु इन्भिटेस्नल टुर्नामेन्टमा दीपक हमालले नेपाललाई यो सफलता दिलाएका हुन् । 

खेलाडी हमालले उसु याउँलो विधाअन्तर्गत नानछ्वान इभेन्टमा हालसम्मकै सर्वाधिक ९.६६३ स्कोर प्राप्त गरी ऐतिहासिक पदक जित्न सफल भएका हुन ।उक्त प्रतिस्पर्धामा कोरिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, इण्डोनेसिया गरी २१ राष्ट्रको सहभागिता थियो । 

नेपालको उसु इतिहासमा अन्तर्राष्ट्रिय याउँलो पदक प्राप्त भएको यो पहिलो पटक हो । हमालको जितसँगै जापानमा अक्टुबरमा हुने उसु वल्र्ड गेम्स र २०औँ एसिया गेम्समा पदक दिलाउने सम्भावना मजबुत भएको नेपाल उसु महासंघका महासचिव तथा टीम नेता लाक्पा छिरिङ लामाले बताए ।

 

यसैगरी सान्सौ विधामा ९० केजी तौल समूहका किरण सावद तथा महिलातर्फ ६५ केपी समूहका लुमन्ती श्रेष्ठले पनि कास्य पदक दिलाएका छन् । अन्य प्रतिस्पर्धामा नेपालको उल्लेख्य सफलता हासिल गर्ने टीम नेता लामाको विश्वास छ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : २३ बजे

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन