दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट  | Khabarhub Khabarhub

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। 

सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् । 

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताए । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ४४ बजे

आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौं– विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित

देशका अधिकांश भागमा मौसम सफा रहने 

काठमाडौं–  हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी– मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको

आइपिएल अक्सनको मिति तोकियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको