डेंगु नियन्त्रणका नाममा झण्डै ८ करोड खर्च, बिरामी झन बढ्दै « Khabarhub

डेंगु नियन्त्रणका नाममा झण्डै ८ करोड खर्च, बिरामी झन बढ्दै


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले डेंगुरोग नियन्त्रण र रोकथामका लागि बर्सेनि करोडौं रकम खर्च गर्दै आएकाे छ ।  डेंगुरोग नियन्त्रणका लागि भन्दै सरकारले आर्थिक वर्ष २०७५/७६ मा ७ करोड ९३ लाख खर्च गर्‍यो ।

सरकारले डेंगु रोग नियन्त्रणका लागि केन्द्रीय सरकार अन्तरगत रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि १ करोड २० लाख, ७ वटा प्रदेशहरुमा ४ करोड ८३ लाख र स्थानीय तहहरुमा १ करोड ९० लाख गरी ७ करोड ९३ लाख खर्च गर्‍यो ।

केन्द्र, प्रदेश र स्थानीय तहले डेंगु नियन्त्रणका लागि भन्दै लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने, सचेतनाका कार्यक्रम र डेंगु संक्रमितको उपचार आदिमा यो रकम खर्च गरेको हो ।

सरकारले बर्सेनि करोडौं रुपैयाँ खर्च गरेर रोग नियन्त्रण र रोकथामको प्रयास गरिरहेको बताए पनि नेपालमा डेंगुको संक्रमण घट्नुको सट्टा झनै बढेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ६ वर्षको तथ्यांकलाई हेर्दा डेंगु रोग नियन्त्रणमा आउनुको सट्टा झनै बढ्दै गएको देखिएको हो ।

माहाशाखाको तथ्यांकको अनुसार आर्थिक वर्ष २०७०/७१ मा ३ सय ४ जनामा डेंगुको संक्रमण देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७१/७२ मा बिरामीको संख्या घटेको थियो तर आर्थिक वर्ष २०७२/७३ मा फेरी बिरामीको संख्या बढेको सरकारी तथ्यांक छ ।

यस्तै आर्थिष वर्ष २०७१/७२ मा १ सय ३४ जनामा डेंगु देखिएको थियो भने २०७२/७३ मा १ हजार ५ सय २७ जनामा डेंगु देखिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा डेंगुका बिरामीको स‌ंख्या अघिल्लो वर्षभन्दा ११ गुणा बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा २ हजार १ सय ११ जनामा डेंगु रोग लागेको थियो भने आर्थिक वर्ष २०७४/७५ मा बिरामीको संख्या ८ सय ११ जना थिए ।

आर्थिक वर्ष २०७३/७४ मा भन्दा २०७४/७५ मा बिरामीको संख्यामा कमी आएको भएपनि आर्थिक वर्ष २०७५/७६ मा डेंगुका बिरामी ११ गुणाले बढेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ४ सय २४ जनामा डेंगु रोग देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

डेंगुबाट प्रदेश १ बढी प्रभावित

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार डेंगुका बिरामी प्रदेश १ मा धेरै छन् । अघिल्ला आर्थिक वर्षहरुमा भन्दा आर्थिक वर्ष २०७५/७६ मा डेंगुका बिरामी अहिलेसम्मकै बढी रहेका छन् ।

प्रदेश १ मा मात्रै ३ जनार १ सय ५२ जना डेंगु रोगका बिरामी भेटिएको सरकारी तथ्यांक छ ।  यस्तै कर्णाली प्रदेशमा पनि एकजना डेंगु रोगबाट संक्रमित भएको पाइएको छ ।

कुन प्रदेशमा कति ?

किन बढ्यो डेंगु ?

सरकारले रोग नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न करोडौं खर्च गर्छ । तर रोगका बिरामीहरु बर्सेनि बढ्दै जानुले रोग नियन्त्रणका लागि खर्च भएको सरकारी बजेट बालुवामा पानी हालेजस्तै भएको छ ।

सरकारले रोगको प्रकोप देखिनु अघि नै नियन्त्रणका प्रयास नगर्दा डेंगुका बिरामीहरु बढेको चिकित्सकहरु बताउँछन् ।

‘सरकारले रोगको प्रकोप देखिन सक्ने समय आउनु अघि नै नियन्त्रणको प्रयास गरेको पाइदैन, जब मानिसहरु डेंगु लागेर अस्पताल भर्ना हुनथाल्छन् अनि मात्रै सरकारले ‍नियन्त्रणको काम थाल्छ’, सरुवा रोग विशेषज्ञ डा शेरबहादुर  पुनले भने, ‘सरकारले डेंगु फैलिन सक्ने सम्भावित क्षेत्रको समयमै पहिचान गरी समयमै नियन्त्रणको प्रयास गर्नुपर्छ ।’

कसरी सर्छ डेंगु ?

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।

यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।

वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ । पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फूल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

  • –एक्कासी उच्च ज्वरो आउनु,
  • –लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
  • –असाध्यै टाउको दुख्नु,
  • –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
  • –ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
  • –शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

  • –डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
  • –पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्नुपर्छ,
  • –पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
  • –कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
  • –फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
  • –एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
  • –सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
  • –लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
  • –घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ६ : ५० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर