आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह « Khabarhub

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

पार्टी महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै आगलागीमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र उपचारमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय भएर लाग्न अनुरोध गरे ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही समययता देशभरि आगलागी, डढेलो र तातो हावा लगायत घटनाबाट जनधनको व्यापक क्षति भएको छ । पछिल्लो एकसातामा देशभरि झन्डै एक हजारभन्दा बढी स्थानका जङ्गलमा आगलागी तथा डढेलो लागेको छ । डढेलो नियन्त्रणका क्रममा कैयन् सर्वसाधारण तथा सुरक्षाकर्मी हताहत भएका घटनाहरूले हामी सबैलाई दुखित र चिन्तित बनाएको छ ।”

महासचिव भुसालले तराई मधेस क्षेत्रमा र केही पहाडी भूभागहरूमा समेत तातो हावा लू चलिरहेकाले जनजीवन अस्तव्यस्त हुन सक्ने अवस्थालाई व्यवस्थापन गरी विपद् जोखिम न्यूनीकरणका साथै पीडित परिवारजनहरूलाई तत्काल उपचार, राहत र बसोबासको समेत यथोचित प्रबन्ध गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई आग्रह गरे ।

महासचिव भुसालले समयमै यस्ता विपद्हरूको तथ्याङ्क सङ्कलन गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा पहल गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : १६ बजे

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६