इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि « Khabarhub

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम अपडेट : एमाले ७६७७, कांग्रेस ५३९५


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् ।

सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् । कांग्रेसका खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ सय ८२ रहेको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ६२ मत पाएका छन् । इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिँदा एमालेले अग्रता बढाउँदै गएको हो ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ०८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५