६ सय परिवारका लागि लिफ्ट आयोजना | Khabarhub Khabarhub

६ सय परिवारका लागि लिफ्ट आयोजना


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुरु भएको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो ।

विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकाङ्क्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ डिभिजन नं २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा एक करोड बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए ।

आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर–२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्याङ्कीसहित एङ्गल ब्लक, पम्पघर, वेल्डिङसमवेलको काम पूरा गर्ने कार्यादेश रहेको छ ।

यसका लागि बागमती प्रदेश सरकारबाट ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत नौ लाख ६८ हजार बराबरको श्रमदानको काम हुनेछ ।

उक्त योजना सम्पन्न पश्चात् विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजना पूरा गर्न १२ करोड लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ५३ बजे

खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

नवलपरासी पश्चिम- आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा

चुनावबाटै निकास सम्भव : दलका नेताहरू

भक्तपुर– देश अहिले चुनाव र संवैधानिक संकटबीचको केन्द्रबिन्दुमा उभिएको तीन

मुख्यमन्त्री बानियाँले भने- खेलाडीलाई व्यावसायिक बनाउन लागेका छौँ 

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई

जनतालाई चामल चाहिएको छ, दर्शन ख्वाएर काम छैन : सुदन किराँती

काठमाडौं– सुदन किराँती नेकपा माओवादी केन्द्रका वैचारिक युवा नेताका रूपमा परिचित