चुरे पहाडका अधिकांश वनमा डढेलो | Khabarhub Khabarhub

चुरे पहाडका अधिकांश वनमा डढेलो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ ।

सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भू–बनोट तथा तीव्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ ।

चुरे गाउँपालिका—३ का डबलबहादुर शाहले डढेलोका कारण बहुमूल्य सालका बिरुवालगायत वन पैदावर नष्ट हुनुका साथै वन्यजन्तुको बासस्थानमा समेत गम्भीर असर परेको बताए । वन कर्मचारीलाई डढेलोबारे जानकारी दिँदासमेत आगो निभाउन कुनै पहल नभएका कारण डढेलो थप फैलिँदै गएको उनको गुनासो छ ।

चुरे—४ का स्थानीय प्रेमबहादुर गुरुङले उम्रिन डढेलो नियन्त्रणका लागि स्थान र भूबनोटअनुसार रणनीति बनाएर कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने चुरेको भू—बनोटले गर्दा स्थानीय साधन स्रोत र पुरानै प्रविधिले डढेलो नियन्त्रण गर्न नसकिएको बताए । गर्मीयाममा जताततै डढेलो फैलिएको र साधनस्रोतको अभावकाबीच मानवीय जनशक्तिको प्रयोग गरी आगो नियन्त्रण गराउँदा बढी जोखिम हुने हुँदा सो क्षेत्रमा जान समस्या भएको उनको भनाइ छ ।

वन कार्यालयले गर्मीयाममा डढेलो नियन्त्रणका लागि जिल्लास्तरीय वन डढेलो नियन्त्रण योजना तयार गरी जनचेतनामूलक क्रियाकलापमा जोड दिने गरेको भने पनि प्रभावकारी हुन नसकेको आरोप छ ।  कैलालीमा झन्डै छ सय सामुदायिक वनमध्ये चुरे र मोहन्याल गाउँपालिकामा मात्रै ७० वटा सामुदायिक वन रहेका  जिल्ला वन कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ५९ बजे

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी

जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका