इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए « Khabarhub

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता बढेर ५ हजारमाथि पुगेको छ ।

पछिल्लो पटक देउमाई नगरपालिका वडा नम्बर -२ तपेवा, साब्जुङ, बाघखोर र पुङफुङलगायतको मतगणना सकिएको छ ।

४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिका-१ र २ को परिणाम आइसक्दा सुहाङले ५३ सय ३ मतको अग्रता बनाएका हुन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिले १४ हजार ६१३ मत ल्याएका छन् । त्यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३१३ मत ल्याएका छन् । यी दुईको अन्तर बढेर ५ हजार नाघेको हो ।

पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ८,५७० मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ७४१ मतान्तर रहेको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा पछ्याइरहेका छन् ।

अपडेट
सूर्य-१४६१३
रुख-९३११
मुढा-८५७०
घण्टी – २०५७

देउमाई २ को तपरिणाम
सूर्य -७१३
रुख-३९७
मूढा-२८५
घण्टी -११२
वडामा मतान्तर-३१६ मतले सूर्यको अग्रता

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ०६ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार