लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने « Khabarhub

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

वार्षिक पाँच हजार थान गाडी उत्पादन लक्ष्य


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको नेपालमै एक चिनियाँ कम्पनीले उत्पादन थाल्नेगरी सम्झौता गरेको छ ।

चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले ३ अर्ब रुपैयाँ लगानी गरी वार्षिक पाँच हजार थान गाडी उत्पादन गर्नेगरी नेपाली साझेदारसँग सम्झौता गरेको हो । ऊर्जा उपलब्धतामा सफलता हासिल गरेको नेपालमा चीन र भारतमा निर्मित विद्युतीय गाडी आयात हुने गरेको छ ।

ड्रागन अटोबडीले विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्ससँगै सहकार्य सम्झौता गरेको हो । कम्पनीले पहिलो चरणमा व्यवसायिक प्रयोजनमा उपयोग हुने चारपाङ्ग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्ने जनाएको छ ।

विद्युतीय गाडी उत्पादन गर्ने प्लान्ट मोरङको बूढीगङ्गामा राखिनेछ । प्लान्ट स्थापना निम्ति नेपाली साझेदार कम्पनीले १५ बिगाहा जमिन लिइसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ३८ बजे

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको