लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने « Khabarhub

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

वार्षिक पाँच हजार थान गाडी उत्पादन लक्ष्य


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको नेपालमै एक चिनियाँ कम्पनीले उत्पादन थाल्नेगरी सम्झौता गरेको छ ।

चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले ३ अर्ब रुपैयाँ लगानी गरी वार्षिक पाँच हजार थान गाडी उत्पादन गर्नेगरी नेपाली साझेदारसँग सम्झौता गरेको हो । ऊर्जा उपलब्धतामा सफलता हासिल गरेको नेपालमा चीन र भारतमा निर्मित विद्युतीय गाडी आयात हुने गरेको छ ।

ड्रागन अटोबडीले विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्ससँगै सहकार्य सम्झौता गरेको हो । कम्पनीले पहिलो चरणमा व्यवसायिक प्रयोजनमा उपयोग हुने चारपाङ्ग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्ने जनाएको छ ।

विद्युतीय गाडी उत्पादन गर्ने प्लान्ट मोरङको बूढीगङ्गामा राखिनेछ । प्लान्ट स्थापना निम्ति नेपाली साझेदार कम्पनीले १५ बिगाहा जमिन लिइसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ३८ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको