आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु | Khabarhub Khabarhub

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ।

भूमिकास्थान नगरपालिका–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतीत सिंह राठोरका अनुसार आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन्। हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : २८ बजे

समाजवादी मोर्चाको बैठकमा पहिलो पटक वामदेव, भन्छन् : सरकारविरुद्ध कडा आन्दलोलन गर्ने हो

काठमाडौं- साताअघि मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

काठमाडौं– पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ

२१ वर्षपछि उही नामको फिल्म ‘सुख दुःख’ गर्दै मिथिला शर्मा

काठमाडौं – नायिका नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘सुख

मधेसका पूर्वप्रदेश प्रमुख झाविरुद्ध बलात्कार मुद्दा दर्ता

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं