बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित | Khabarhub Khabarhub

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै चार श्रष्ठालाई सम्मान गरेको छ ।

आसफोर्ड केन्टमा यक्वा तङ्नाम मनाउँदै परम्परागत रुपमा फेदाङमा (पुजारी) पदम सम्वाहाङफेले पूजा अनुष्ठान गरिसकेपछि तीन महिला श्रष्ठालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा साहित्यकार शान्ति खिम्दिङ, यालाङ गायिका दिलु लिम्बु, कलाकार तथा साहित्यकार लीला सेलिङ मावो र पत्रकार तथा साहित्यकार नरेन्द्र नेम्वाङ छन् ।

बेलायत बसेर नेपाली र याक्थुङ लिम्बु भाषा, साहित्य, गीत संगीत र संस्कृतिको प्रवद्धनमा योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङ्माले बताइन् ।

उनले भनिन्, ‘याक्थुङ लिम्बु परम्पराअनुसार खेतबारीमा अन्नवाली लगाउने बेलामा अन्नबाली राम्रो होस भनी प्रकृतिको पूजा अर्चना गर्दै मनाइने यक्वा तङ्नामको अवसरमा श्रष्ठाहरुलाई सम्मान गरिएको हो ।’

सन् २०१२ मा स्थापित संघले बेलायतमा छरिएर रहेका याक्थुङ लिम्वु लेखक, कवि साहित्यकार, कलाकारहरुलाई संगठित गरी याक्थुङ कला संस्कृतिको जर्गेना गर्दै आएको छ ।

उक्त अवसरमा प्रमुख अथिति फेदाङ्मा पदम सम्वाहाङफे, संघका उपाध्यक्ष विमला लिम्वु, संस्थाका सस्थापक अध्यक्ष काजीमान यक्सो, मगर संघ युकेकी अध्यक्ष सीता पुन, सगरमाथा नेपाली समाजका अध्यक्ष डम्वर सिङगक, मिस्टर नेपाल विजेता तथा मोडल रोहित थेबेलगायतको उपस्थिति थियो ।

उनीहरुले सम्मानित श्रष्ठालाई बधाई दिँदै यक्वा तङ्नामको सन्दर्भमा मौलिक संस्कृतिका धनी प्रकृतिपूजकहरु जो जहाँ बसे पनि प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

थाक्थुङ चुम्लुङ धरानकी पूर्वअध्यक्ष समेत रहेकी सानु सुब्बाले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा कलाकार भक्ति आङदेम्बे, दिलु मादेन, माक्सोती ओख्राबो, राजेन नेम्वाङ, डम्वर हुक्पाचोङबाङ, दीप केरुङ, जीता पाङमा, रीता फोम्वो ठुली, पूर्ण कुमारी लिम्वु लगायतले च्याब्रुङ (केलाङ), हाक्पारे, थाक थाक्मा, ताम्के साम्लो प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ०६ बजे

समाजवादी मोर्चाको बैठकमा पहिलो पटक वामदेव, भन्छन् : सरकारविरुद्ध कडा आन्दलोलन गर्ने हो

काठमाडौं- साताअघि मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

काठमाडौं– पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ

२१ वर्षपछि उही नामको फिल्म ‘सुख दुःख’ गर्दै मिथिला शर्मा

काठमाडौं – नायिका नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘सुख

मधेसका पूर्वप्रदेश प्रमुख झाविरुद्ध बलात्कार मुद्दा दर्ता

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं