स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले तीन तथा फेर्मिन लोपेजले एक गोल गरेका थिए । यस्तै, भ्यालेन्सियाका ह्युगो डुरोपेपेलुले एक–एक गोल फर्काएका थिए ।

बार्सिलोनाका लोपेजले खेलको २२ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर भ्यालेन्सियाका डुरोले २७औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ३८औँ मिनेटमा पेपेलुले गोल गर्दै भ्यालेन्सियालाई २–१ गोलले अगाडि बढाए ।

त्यसपछि खेलको ४९औँ, ८२औँ र इन्जुरी समयमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई ४–२ गोलको जित दिलाए ।

यो जितसँगै बार्सिलोना ३३ खेलबाट ७३ अंकका साथ तालिकाको दोस्रा स्थानमा उक्लिएको छ । पराजित भएको भ्यालेन्सिया ४७ अंकसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : ४४ बजे

हुरीले टीकापुरमा केराखेती नष्ट

टीकापुर– बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

दमौली– यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा