पोखरा र कैलालीबीच पर्ययटन क्षेत्रमा सहकार्यको प्रयास « Khabarhub

पोखरा र कैलालीबीच पर्ययटन क्षेत्रमा सहकार्यको प्रयास


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिबीच पर्यटन प्रवर्द्धन, लगानीका सम्भाव्यता विषयमा छलफल भएको छ ।

उद्योगी/व्यवसायीले भोगेका समस्या समाधानका लागि समान धारणा बनाएर अघि बढ्नुपर्ने छलफलमा सहभागीले धारणा राखेका छन् ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा निस्केको प्रतिनिधिमण्डललाई पोखरामा स्वागत गर्दै संघका कार्यवाहक अध्यक्ष विन्दु कोइरालाले उद्योगी÷व्यवसायीबीच साझा कार्यसूची हुनुपर्ने बताए ।

सुवेदीले पर्यटन उद्योगमा अब्बल देखिएको पोखरा र उस्तै सुन्दर सुदूरपश्चिमबीच पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको प्रचार गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको धारणा राखे । कैलाली उद्योग वाणिज्य संघकै पहलमा पश्चिममा एक हजार पर्यटकीय गन्तव्यको पहिचान भएको उल्लेख गर्दै सुदूरपश्चिम घुम्नका लागि उनले निम्तोसमेत दिए ।

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव चिनु गुरुङले उद्योगी/व्यवसायीले भोगेका समस्या साझा भएकाले समाधानमा पनि व्यवसायी एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी सदस्यले ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली अव्यावहारिक भएको र नेपाल उद्योग वाणिज्य संघमा रहेका व्यक्ति नै सरकारको प्रवक्ताजस्तो देखिँदा व्यवसायीका मुद्दा ओझेलमा परेका धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : १० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु