सुहाङलाई बधाई दिन इलाम पुगे एमाले अध्यक्ष ओली « Khabarhub

सुहाङलाई बधाई दिन इलाम पुगे एमाले अध्यक्ष ओली


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

विराटनगर – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सुहाङ नेम्वाङलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।

सुहाङ फराकिलो मतले विजयी भएपछि बधाई दिन उनी काठमाडौंबाट इलाम पुगेका हुन् । अहिले इलाम बजारमा सुहाङसहित विजय जुलुस चलिरहेको छ ।

दिउँसो १ बजे इलाम पुगेका ओलीले सुहाङलाई बधाई दिएका छन् । ओली इलाम २ मा एमाले उम्मेदवार सुहाङका दुईवटा चुनावी सभामा पनि सहभागी भएका थिए ।

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतले हराउँदै सुहाङ विजयी भए ।

एमाले उपाध्यक्ष एवम् पिता सुवासचन्द्र नेम्वाङको निधन भएपछि छोरा सुहाङले उपनिर्वाचनमा एमालेको टिकट लिएर जितेका छन् ।

सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत पाउन सके ।

तेस्रोमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए ।

उता चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी मिलन योङहाङ लिम्बू ५ हजार ५० मतमा समेटिए । उनको जमानत जफत भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : २२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ