काठमाडौँमा बढ्दो वायु प्रदूषण | Khabarhub Khabarhub

काठमाडौँमा बढ्दो वायु प्रदूषण


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदुषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स-र्‍याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ । 

‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,’ प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांक छ ।

नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन् । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : ३४ बजे

इरानमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- इरानमाथि आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।  मंगलबार

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।