रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने | Khabarhub Khabarhub

रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनसंगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने बताएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको छलफलका क्रममा उनले तीन वटै सञ्चारमाध्यमलाई एकीकृत गर्न संशोधन प्रस्ताव समेत आएको अवस्थामा त्यसलाई समितिले स्वीकार गरे कुनै समस्या नहुने बताएकी हुन् ।

उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सरकारले प्रस्तुत गरेको विधेयकले सार्वजनिक सेवा प्रसारणलाई नै जोड दिएको बताइन् । डिजिटल प्लेटफर्मका अन्य सञ्चारमाध्यमलाई समेट्ने अलग्गै कानूनहरु रहेको अवस्थामा सार्वजनिक सेवा प्रसारणकै दृष्टिकोणबाट ल्याइएको विधेयकलाई सोही अनुसार नै अघि बढाउनुपर्नेमा जोड दिइन् ।

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारण र सार्वजनिक सेवा मिडियामा विधेयक स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । मन्त्री शर्माले भने सार्वजनिक सेवा प्रसारण नाममा विधेयक आएकाले यसलाई सरकारले परिमार्जन गर्न नसक्ने स्पष्ट पारिन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ३८ बजे

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

चितवन– भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

एजेन्सी – इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा